राष्ट्रियसभाबाट पनि पारित भयो आगामी आर्थिक वर्षको बजेट
काठमाण्डौ। राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।