काठमाण्डौ। राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
अर्थमन्त्री पुनले संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गरेको बजेट प्रतिनिधिसभामा भने असार ११ गते नै पारित भएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक आइतबार बोलाइएको छ।