Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:17:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा पश्चिमी वायुको प्रभावले बुधबार अधिकांश भू-भागमा वर्षाको सम्भावना

Laxmi Sunrise Bank Limited
नेपालमा पश्चिमी वायुको प्रभावले बुधबार अधिकांश भू-भागमा वर्षाको सम्भावना
Shivam Cement

काठमाण्डौं । देशभरको मौसममा अस्थिरता देखिँदै गएको छ ।  

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन अधिकांश क्षेत्रमा बदली भई मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

Bizshala
New Office
CG Motors

महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मध्यम वर्षा हुन सक्नेछ भने अन्य प्रदेशका सीमित स्थानमा पनि पानी पर्ने आँकलन गरिएको छ ।  

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ । 

हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम प्रभावित भएको जनाइएको छ ।

आज राति विशेषगरी कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने देखिएको छ भने बागमती र गण्डकीका हिमाली क्षेत्रमा पनि यस्तै अवस्था रहने अनुमान छ ।  

 

Garima Development Bank
Shivam Cement
Bizshala

देशका अन्य भागमा छिटफुट वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

बिहीबारतर्फ मौसममा आंशिक सुधार देखिने भएपनि पहाडी र हिमाली भूभागमा बादल लागिरहनेछ ।  

सुदूरपश्चिम, कर्णाली, लुम्बिनीसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अझै मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना कायमै रहने महाशाखाको पूर्वानुमान छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.