शुक्रबारदेखि मौसम थप उग्र, पाँच प्रदेशमा भारी वर्षा र हिमाली क्षेत्रमा भारी हिमपातको चेतावनी
काठमाण्डौ । बंगालको खाडीमा विकसित गहिरो न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ। भारतको आन्ध्र प्रदेश र ओडिसा आसपासबाट नेपालतर्फ प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण विशेषगरी देशको पूर्वी र मध्य भागको मौसम प्रभावित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका मौसमविद्का अनुसार बिहीबार काठमाडौं उपत्यकासहित पूर्वी भूभागका...

