शुक्रबार, असार १९,२०८३ 02:23:22
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 02:23:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चिनियाँ बैंकहरूको कुल सम्पत्ति चीनको जीडीपीभन्दा पनि बढी ! चार बैंक विश्वको अग्रस्थानमा

Laxmi Sunrise Bank Limited
चिनियाँ बैंकहरूको कुल सम्पत्ति चीनको जीडीपीभन्दा पनि बढी ! चार बैंक विश्वको अग्रस्थानमा

काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। तर सम्पत्तिको आधारमा हेर्दा विश्वका १० ठूला बैंकहरूको सूचीमा चीनको वर्चस्व देखिन्छ। उक्त सूचीमा शीर्ष चार स्थानमा चीनका बैंकहरू छन्। यी चार बैंकहरूको कुल सम्पत्ति करिब २३ ट्रिलियन डलर पुगेको छ। विश्वको कुनै पनि बैंक यी बैंकहरूको तुलनामा नजिक छैन।

शीर्ष १० बैंकहरूको सूचीमा अमेरिका र फ्रान्सका दुई-दुई बैंक छन् भने जापान र बेलायतका एक-एक बैंकले स्थान पाएका छन्। भारतका बैंक एसबीआई (स्टेट बैंक अफ इन्डिया) र एचडीएफसी बैंक भने निकै पछाडि छन्।

New Office
CG Motors
Garima Development Bank

ब्लूमबर्गका अनुसार, इन्डस्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना सूचीको शीर्ष स्थानमा छ। यसको कुल सम्पत्ति ६.७ ट्रिलियन डलर छ। यस आधारमा यो विश्वकै सबैभन्दा ठूलो बैंक हो। दोस्रो स्थानमा रहेको एग्रिकल्चर बैंक अफ चाइना को सम्पत्ति ५.९ ट्रिलियन डलर छ। चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेशन ५.६ ट्रिलियन डलर सम्पत्तिसहित तेस्रो स्थानमा छ भने बैंक अफ चाइना ४.८ ट्रिलियन डलरसहित चौथो स्थानमा छ।

यसरी चीनका चार बैंकहरूको संयुक्त सम्पत्ति करिब २३ ट्रिलियन डलर पुगेको छ, जुन चीनको कुल जीडीपी (१९.२३ ट्रिलियन डलर) भन्दा पनि बढी हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचीको पाँचौं स्थानमा अमेरिकाको जेपी मोर्गन चेस एन्ड कम्पनी छ, जसको सम्पत्ति ४ ट्रिलियन डलर छ। बैंक अफ अमेरिका ३.३ ट्रिलियन डलरसहित छैटौं स्थानमा छ। बेलायतको एचएसबीसी बैंक ३ ट्रिलियन डलरसहित सातौं स्थानमा छ। फ्रान्सका बीएनपी पारिबा (२.८ ट्रिलियन डलर) र क्रेडिट एग्रीकोल ग्रुप (२.७ ट्रिलियन डलर) क्रमशः आठौं र नवौं स्थानमा छन्। जापानको मित्सुबिशी यूएफजे फाइनान्सियल ग्रुप २.६ ट्रिलियन डलरसहित दशौं स्थानमा छ।

भारतका ठूला बैंकहरू मध्ये एसबीआई को कुल सम्पत्ति ५४७ अर्ब डलर र एचडीएफसी बैंक को ४९४ अर्ब डलर रहेको छ। यी बैंकहरू शीर्ष १०० को सूचीमा भने समावेश छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.