बिहीबार, आश्विन १५,२०८३ 09:32:40
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 09:32:40
Bizshala
Global IME Bank Limited

गुगलले ल्यायो ‘जेमिनी ४ आर्गन’, कोडिङ र साइबर सुरक्षामा ठूलो छलाङ

Bizshala
गुगलले ल्यायो ‘जेमिनी ४ आर्गन’, कोडिङ र साइबर सुरक्षामा ठूलो छलाङ
New Office

काठमाडौं। गुगलले आफ्नो अहिलेसम्मकै सबैभन्दा उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल ‘जेमिनी ४ आर्गन’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ मोडलले कोडिङ, साइबर सुरक्षा तथा जटिल व्यावसायिक कार्यमा उल्लेखनीय सुधार गरेको छ।

गुगलका अनुसार जेमिनी ४ आर्गनले वास्तविक संसारमा प्रयोग हुने सफ्टवेयर इन्जिनियरिङसम्बन्धी परीक्षणमा नयाँ कीर्तिमान बनाएको छ। साइबर सुरक्षासम्बन्धी बेन्चमार्कमा यो संयुक्त रूपमा पहिलो स्थानमा रहेको छ भने वित्त, कानुन तथा अन्य व्यावसायिक क्षेत्रमा एआईको कार्यसम्पादन मापन गर्ने अर्को बेन्चमार्कमा पनि अग्रस्थान हासिल गरेको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गुगलले यो मोडललाई आफ्नै डेटा सेन्टरहरूमा मेमोरी व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रयोग गरिरहेको जनाएको छ। आर्गनको प्रयोगबाट थप हार्डवेयर खरिद नगरीकनै सयौँ टेराबाइट मेमोरी खाली गर्न सफल भएको कम्पनीको दाबी छ। क्वान्टम कम्प्युटिङ क्षेत्रमा काम गरिरहेका अनुसन्धानकर्ताहरूले समेत यो मोडल प्रयोग गरिसकेका छन्।

गुगलले जेमिनी ४ आर्गनलाई चरणबद्ध रूपमा बजारमा ल्याउने योजना बनाएको छ। पहिलो चरणमा विश्वसनीय साइबर सुरक्षा साझेदारहरूलाई यसको पहुँच दिइनेछ। साथै, सार्वजनिक रूपमा व्यापक प्रयोगका लागि उपलब्ध गराउनुअघि सुरक्षा मूल्याङ्कनका लागि अमेरिकी सरकारसँग समेत सहकार्य गरिने कम्पनीले जनाएको छ।

गुगलकी जेमिनी मोडल प्रडक्ट लिड तुलसी दोषीले सीएनबीसीसँग भनिन्, “यसरी चरणबद्ध रूपमा सुरुआत गर्दा हामीलाई मोडलप्रति थप विश्वास मिल्छ। साथै साइबर प्रतिरक्षामा बलियो गरी प्रशिक्षित यस्तो मोडल सकेसम्म छिटो सुरक्षाकर्मीहरूको हातमा पुर्‍याउन पनि यसले सहयोग गर्छ।”

जेमिनी ४ आर्गन सार्वजनिक हुनु अघिल्लो दिन मात्रै गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूसँग ह्वाइट हाउसमा एआई सुरक्षासम्बन्धी स्वैच्छिक सम्झौतामा हस्ताक्षर गरेका थिए। बढ्दो एआई सुरक्षा चिन्ताबारे छलफलका लागि आयोजित दिवाभोजपछि उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.