काठमाडौं। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य ६.७२ अमेरिकी डलर अर्थात् ०.१५ प्रतिशतले घटेर प्रतिऔंस करिब ४,१५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्तै आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य ०.१२ अमेरिकी डलर अर्थात् ०.१८ प्रतिशतले बढेर ६०.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अमेरिकाले इरानसँगको द्वन्द्व थप चर्किन सक्ने चिन्ताबीच तेलको मूल्य बढेपछि सुनमाथि दबाब परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बलियो अमेरिकी डलर र अमेरिकी ट्रेजरी बन्डको उच्च प्रतिफलले पनि सुनको मूल्यमा दबाब बढाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।