धुलिखेल–खावा सडकखण्डमा पहिरो खस्दा अरनिको राजमार्ग ठप्प
काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित सडकमा आइतबार बिहान करिब ९ बजे सडक माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो । पहिरोका कारण सडकमा ढुंगा र माटो थुप्रिएपछि दुवैतर्फको यातायात रोकिएको छ। राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका...

