सोमबार, श्रावण १८,२०८३ 11:19:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:19:40
Bizshala
Global IME Bank Limited

बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे कार्य दुई महिनादेखि ठप्प

बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे कार्य दुई महिनादेखि ठप्प
New Office

काठमाण्डौ । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको कालोपत्रे कार्य बिटुमिन अभावका कारण दुई महिनादेखि ठप्प भएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैत महिनामा रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरी करिब २.५ किलोमिटर सडकमा पहिलो चरणको डिबिएम कालोपत्रे सम्पन्न गरिएको थियो। तर, आवश्यक कच्चा पदार्थ बिटुमिनको अभाव भएपछि बाँकी निर्माण कार्य अघि बढ्न सकेको छैन।

पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अन्तिम तहको आस्फाल्ट बिछ्याउने कामसमेत रोकिएको छ। स्तरोन्नति भइरहेको चार किलोमिटर सडकखण्डमध्ये बाँकी दूरीमा पक्की निर्माण कार्य वैशाखको पहिलो साताबाट सुरु गर्ने योजना रहे पनि सामग्री अभावका कारण कार्य प्रभावित भएको हो।

हाल सडकमा यात्रुलाई सहजता प्रदान गर्न खाल्डाखुल्डी पुर्ने तथा मर्मतसम्भारका काम भइरहेको कार्यालयले जनाएको छ। बिटुमिन आयात भएपछि बाँकी करिब १.५ किलोमिटर सडकमा दोस्रो चरणअन्तर्गत बेस निर्माण, डिबिएम तथा आस्फाल्ट कालोपत्रे कार्य सम्पन्न गरिनेछ।

लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण प्रभावित बनेको उक्त सडक आयोजनाका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता गरी कामलाई पुनः तीव्रता दिइएको थियो। कार्यालयका अनुसार सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। आयोजनाको निर्माण कार्य आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि तोकिएको समयसीमाभित्र सन्तोषजनक प्रगति गर्न नसकेपछि डिभिजन सडक कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनाभित्र अर्थात् २०८० चैत १९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि सम्झौता अवधि सकिएको ११ महिनापछि समेत २५ प्रतिशतभन्दा कम प्रगति गरेकाले ठेक्का रद्द गरिएको जनाइएको छ।

अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल–खावा सडकखण्ड चीनसँग जोडिएको तातोपानी नाका तथा दोलखा, रामेछापलगायत जिल्लामा आवागमनका लागि महत्वपूर्ण मार्गका रूपमा रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.