जेनजी युवालाई वार्तामा आउन बाराका सीडीओको आह्वान
काठमाण्डौ । बाराको सिमरामा आन्दोलनरत जेनजी युवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वार्ताका लागि आह्वान गरेका छन् । सबै विषय वार्ता र संवादबाटै हल गर्नुपर्ने भन्दै मिश्रले वार्ताको आह्वान गरेका हुन् । उनले वार्ताका लागि प्रशासन कार्यालयमा आउन भनेका छन् ।

