बरुण हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, २.३८ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता...