काठमाण्डौ , वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु भएको छ । गत वर्षको असार २ गते आएको बाढीले क्षतिग्रस्त यो आयोजनाबाट असार २१ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।
२०८० को असारमा आएको बाढीका कारण ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन एक वर्षदेखि बन्द थियो । अहिले आयोजनाको पुनःनिर्माण कार्य एंव पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र मर्मत समेत सम्पन्न भएकाले विद्युत उत्पादन पुनः सुरु गरिएको कम्पनीले जनाएको छ ।