शनिबार, श्रावण २,२०८३ 04:05:05
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:05:05
Bizshala
Global IME Bank Limited

बरुण हाइड्रोपावरले डाक्यो एजीएम, हकप्रदको प्रस्ताव पारित गरिने

बरुण हाइड्रोपावरले डाक्यो एजीएम, हकप्रदको प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्बाराहीमा रहेको लर्ड पार्टी भेन्युमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा हकप्रद अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने, गाभ्ने/गाभिने तथा प्राप्तिको प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा नियामक निकायबाट फेरबदल, संसोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा तथा कम्पनी गाभ्ने, गाभीने तथा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण कार्य गर्न सञ्लक समितीलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गनेै आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आव २०८१/०८२ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने र आव २०८०/०८१ मा सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाही अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म नेपाल एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.