रूसको तेल प्रशोधन केन्द्रमा प्रहार गर्ने जेलेन्स्कीको चेतावनी
काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनका ऊर्जा तथा नागरिक पूर्वाधारमा हमला बढाए त्यसको जवाफ रूसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर दिने चेतावनी दिएका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा जेलेन्स्कीले रूसले आगामी जाडोमा युक्रेनका नागरिक पूर्वाधारमाथि थप आक्रमण गर्ने तयारी गरिरहेको खुफिया सूचना प्राप्त भएको...

