शासकको विलास र जनताको निराशा: कहाँ जाँदैछ देश ?-भीम चन्दको विचार
-भीम चन्द नेपालको इतिहासमा सत्ता र सम्पत्तिको लालचले देशको गौरवमय पहिचानलाई धमिलो बनाउने प्रयास बारम्बार भएको छ। विलासी जीवनशैलीको लोभमा डुब्ने, पुस्तौँपुस्तासम्म सम्पत्ति थुपार्ने र नभएको आडम्बर देखाउन राज्यको सम्पदा लुट्ने, अरुको हक खोस्ने, मेहनती जनता र देश विकासको नाममा मागेर देशको इज्जतलाई कुल्चने अनि आफ्नो स्वार्थका लागि अरुलाई दुख दिनेहरुको सङ्ख्या दिनानुदिन...

