बुधबार, बैशाख २,२०८३ 09:55:17
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:55:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विकासको बाटो रोक्ने मुख्य कारण-गैरजिम्मेवार राज्य र बेखबर नागरिक: भीम चन्दको आर्टिकल

Bizshala
विकासको बाटो रोक्ने मुख्य कारण-गैरजिम्मेवार राज्य र बेखबर नागरिक: भीम चन्दको आर्टिकल
Shivam Cement

-भीम चन्द, नागार्जुन १, काठमाडौं (साना लगानीकर्ता तथा पर्यटन व्यवसायी)

 

सामान्य नागरिकहरू अझै पनि गास, बास र लुगाफाटाको जोहो गर्नैमा कठिनाइ भोगिरहेका छन् । रोग लाग्दा सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । प्रगति र समृद्धिको सपना देखाइए पनि जनताले दिनरात कठोर परिश्रम गर्दा पनि जीविकोपार्जन गर्न कठिन भएको छ ।

तर शासकहरू भने जनताको दुःखप्रति संवेदनशील नभई, झूट बोल्दै, राज्यशक्तिको दम्भ देखाउँदै विलासी जीवन बिताइरहेका छन् । देशमा स्वावलम्बीहरू दुब्लिँदै र परजीवीहरू मोटाउँदै गएका छन् - यो बिडम्बना हो ।

लुट, हत्या, हिंसा र जनधनको क्षतिका कारण राज्य नै बनेको देखिन्छ । जब राज्यले आफ्नो न्यूनतम कर्तव्य पूरा गर्न असफल हुन्छ, तब समाजमा विकृति, विसंगति र अस्थिरता फैलिन्छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राज्यले विकास र समृद्धिको नारा त उचाल्यो, तर कार्यशैली र सोचमा सकारात्मक परिवर्तन ल्याउन सकेन । आज पनि कतिपय शासकहरू राष्ट्र र राष्ट्रियताको खिल्ली उडाउँदै, विदेशी स्वार्थका लागि आफ्नै देश, नागरिक र अर्थतन्त्रमाथि प्रहार गरिरहेका छन् ।

शासकहरू भने जनताको दुःखप्रति संवेदनशील नभई, झूट बोल्दै, राज्यशक्तिको दम्भ देखाउँदै विलासी जीवन बिताइरहेका छन् । देशमा स्वावलम्बीहरू दुब्लिँदै र परजीवीहरू मोटाउँदै गएका छन् - यो बिडम्बना हो ।

जनताबाट जबर्जस्ती कर उठाएर शासक, प्रशासक र तिनका परिवारलाई पोस्ने कार्य भइरहेको छ, तर कर तिर्ने नागरिकलाई उल्टै दुःख दिने प्रवृत्ति देखिन्छ । राज्य नेतृत्व र प्रशासन संयन्त्र गैरजिम्मेवार गतिविधिमा संलग्न भएपछि नागरिकको जीवनस्तरमा सुधार र देशको विकास सम्भव हुँदैन ।

राज्यले गर्नुपर्ने काममा ध्यान नदिई नगर्नुपर्ने काममा शक्ति र स्रोत खर्च गरिँदा देशको उन्नति अवरुद्ध भएको छ । राज्यले अब आफ्नो मूल कर्तव्यप्रति सचेत भई जिम्मेवारीपूर्वक आचरण गर्न आवश्यक छ ।

राज्य सञ्चालनकर्ताले जनताको घरघरमा गएर काम गर्नुपर्दैन, तर योग्यताका आधारमा निष्पक्ष नियुक्ति, सरुवा र बढुवा सुनिश्चित गर्नुपर्छ । ठेक्कापट्टा वितरणमा राजनीतिक हस्तक्षेप हटाउनुपर्छ ।

राज्यले स्मार्ट प्रणालीमार्फत राष्ट्रिय स्रोत, सम्पदा र जनसंख्या सम्बन्धी तथ्याङ्क अद्यावधिक राख्नुपर्छ । सीमाको सुरक्षा, नागरिकको जीवन र सम्पत्तिको सुरक्षा, सुशासन, शान्ति र काम गर्ने वातावरणको सिर्जना राज्यको प्रमुख दायित्व हो ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा दीगो अवसरहरू सिर्जना गर्नुपर्छ । आधारभूत आवश्यकताको परिपूर्ति, पारदर्शी नीति, उद्योग र लगानीका लागि सुरक्षित पूर्वाधार, निष्पक्ष न्याय प्रणाली र स्रोतको सदुपयोग सुनिश्चित गर्नुपर्ने राज्यका मुख्य कर्तव्य हुन् ।

राज्यले यी कर्तव्यहरू जिम्मेवारीपूर्वक पूरा गरेको भए आज नेपाल विश्व परिदृश्यमा एक समृद्ध राष्ट्रको रूपमा स्थापित हुन सक्थ्यो ।

CG Motors
Garima Development Bank
IME remit

राज्यले यी कर्तव्यहरू जिम्मेवारीपूर्वक पूरा गरेको भए आज नेपाल विश्व परिदृश्यमा एक समृद्ध राष्ट्रको रूपमा स्थापित हुन सक्थ्यो ।

नागरिकका कर्तव्यहरू

शान्तिपूर्ण, मानवीय र सिर्जनात्मक जीवनशैली अपनाउनु, स्वावलम्बी भई विकास र निर्माणमा सहभागी हुनु, हिंसात्मक गतिविधिबाट टाढा रहनु र राष्ट्रप्रेमले प्रेरित हुनु-यी सबै नागरिकका कर्तव्य हुन् ।

नागरिकले व्यक्तिगत र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न राज्यलाई सहयोग गर्नुपर्छ, नीति नियमको पालना गर्नुपर्छ, र देश विकासका काममा राज्यसँग सहकार्य गर्नुपर्छ ।

विकसित देशहरूको संविधानमा नागरिकका कर्तव्य स्पष्ट उल्लेख हुन्छ, तर हाम्रो संविधानमा त्यो प्रष्टता अभाव देखिन्छ । कर तिर्ने र नियम पालना गर्ने बाहेक नागरिक कर्तव्यका विषयमा स्पष्ट व्यवस्था छैन ।

सडकमा सवारी चलिरहँदा बच्चा, पशु र परिवारजन नजिकै खेलिरहेका देखिन्छन् । न राज्यले पर्याप्त सुरक्षा संरचना निर्माण गरेको छ, न नागरिकले सतर्कता अपनाएका छन् । यसै कारण दैनिक दुर्घटनाहरू भइरहेका छन् ।

हडताल, हिंसा, तोडफोड वा कुनै पनि कारणले जनधनको क्षति गर्नु जघन्य अपराध हो । यस्तो कार्यका दोषीलाई क्षमा दिनु हुँदैन । क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्छ । जब कानुनी रूपमा कडाइका साथ क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुन्छ, तब विध्वंसक कार्य गर्ने कोही पनि साहस गर्दैन ।

दुर्घटनामा जनधनको क्षति दुःखद हुन्छ, तर त्यसको समाधान सार्वजनिक यातायात तोडफोड गरेर सम्भव छैन । बीमा प्रणालीलाई छरितो र प्रभावकारी बनाउनुपर्छ । सडक सुरक्षा, दुर्घटना र क्षतिपूर्तिसम्बन्धी स्पष्ट कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।

देशमा कहिले कुनै दल, कहिले समूह, त कहिले धार्मिक भीडद्वारा हिंसा, हत्या र सम्पत्ति विनाश हुने क्रम बढ्दै गएको छ । यी विध्वंसात्मक गतिविधिबाट राष्ट्रलाई ठूलो क्षति पुगेको छ ।

हडताल, हिंसा, तोडफोड वा कुनै पनि कारणले जनधनको क्षति गर्नु जघन्य अपराध हो । यस्तो कार्यका दोषीलाई क्षमा दिनु हुँदैन । क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्छ । जब कानुनी रूपमा कडाइका साथ क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुन्छ, तब विध्वंसक कार्य गर्ने कोही पनि साहस गर्दैन ।

राज्य र नागरिक दुवैले आफ्नो कर्तव्य र सीमालाई स्पष्ट बुझी त्यसको कठोर पालना गरे मात्र देशमा शान्ति, विकास र समृद्धि सम्भव हुन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.