बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त भएको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको हो ।