काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यसका साथै, उक्त बैठकले कम्पनीको वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा पुस ३० गते काठमाण्डौको शंखमूलमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित हुनुका साथै कम्पनीको कुल पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा सो बापतको रकम उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२र८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, साधारण सेयरमा परिणत हुने ऋणपत्र जारी गर्ने र कम्पनीको नयाँ सञ्चालक समितिको चयन/निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कमपनीको लाभा।स पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

