आईतवार, असार १४,२०८३ 07:59:12
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:59:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद र साधारण सेयरमा परिणत हुने ऋणपत्र पनि जारी गर्ने

Laxmi Sunrise Bank Limited
बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद र साधारण सेयरमा परिणत हुने ऋणपत्र पनि जारी गर्ने

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

यसका साथै, उक्त बैठकले कम्पनीको वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा पुस ३० गते काठमाण्डौको शंखमूलमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित हुनुका साथै कम्पनीको कुल पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा सो बापतको रकम उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२र८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, साधारण सेयरमा परिणत हुने ऋणपत्र जारी गर्ने र कम्पनीको नयाँ सञ्चालक समितिको चयन/निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कमपनीको लाभा।स पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.