काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ७.८५ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी समेत केही घटेको छ । कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ६४ लाख आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.३६५३ प्रतिशतले मात्रै कम हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ७३ लाख कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सामान्य प्रशासनिक खर्च भने घटेको छ । अघिल्लो आवमा २ करोड ८२ लाख रुपैयाँ रहेको प्रशासनिक खर्च घटेर २ करोड ५८ लाख रुपैयाँमा खुम्चिएको छ । कम्पनीको मर्मत तथा सम्भार खर्च भने ३१ लाख ३४ हजारबाट बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ५ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ६१ लाख र कुल चालु दायित्व १० करोड ४६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.७२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२०.१४ रुपैयाँ,र तरलता अनुपात १.३९ गुणा कायम भएको छ ।