बोइङले पोल्याण्डका लागि ४.७ बिलियन डलरको ठेक्काअन्तर्गत अपाची हेलिकप्टर निर्माण गर्ने
काठमाण्डौ । अमेरिकाको हवाई निर्माता कम्पनी बोइङले अन्तर्राष्ट्रिय ग्राहकका लागि एएच–६४ ई अपाची अट्याक हेलिकप्टर निर्माण गर्ने भएको छ । जसअन्तर्गत पोल्याण्डका लागि सबैभन्दा बढी अर्थात ९६ वटा सैन्य हेलिकप्टर निर्माण गरिनेछ ।एएच–६४ ई अपाची अट्याक हेलिकप्टर अमेरिकी सेनाको ४.७ बिलियन डलरको विदेशी सैन्य बिक्री ठेक्काअन्तर्गत बोइङले निर्माण गर्न लागेको हो ।

