काठमाण्डौ । अमेरिकाको हवाई निर्माता कम्पनी बोइङले अन्तर्राष्ट्रिय ग्राहकका लागि एएच–६४ ई अपाची अट्याक हेलिकप्टर निर्माण गर्ने भएको छ । जसअन्तर्गत पोल्याण्डका लागि सबैभन्दा बढी अर्थात ९६ वटा सैन्य हेलिकप्टर निर्माण गरिनेछ ।
एएच–६४ ई अपाची अट्याक हेलिकप्टर अमेरिकी सेनाको ४.७ बिलियन डलरको विदेशी सैन्य बिक्री ठेक्काअन्तर्गत बोइङले निर्माण गर्न लागेको हो ।
यसको डेलिभरी भने सन् २०२८ बाट सुरु हुने कम्पनीले जनाएको छ ।
पोल्याण्डको रक्षा मन्त्रालयले हाल अमेरिकी सेनाको ८ वटा सैन्य विमान लिजका लिएको छ । पोल्याण्डले नयाँ विमानका लागि पाइलटहरुलाई तालिम समेत दिईरहेको बोइङले जनाएको छ । हाल विश्वर १३ सय वटा अपाची हेलिकप्टर सञ्चालनमा रहेको बोइङले जनाएको छ ।
कम्पनीले हालै मात्रै अष्ट्रेलिया, भारत र मोरक्को जस्ता अन्तर्राष्ट्रिय सैन्य बललाई नयाँ अपाची विमान आपूर्ति गरेको थियो ।

