बुढीगण्डकी बाढी: शिशु र विदेशीसहित ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
काठमाण्डौ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका एक शिशु र एक विदेशीसहित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। बाढी प्रभावित विभिन्न स्थानमा उद्धारका लागि चारवटा हेलिकोप्टरसँगै स्थलमार्गबाट पनि सैनिक टोली परिचालन गरिएको छ।

