काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा मानवीय सहायता कार्यमा सहयोग गर्न यातायात व्यवसायी र मजदुरलाई आह्वान गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा आइतबार जारी विज्ञप्तिमा यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई आ–आफ्नो स्थानबाट जोखिम न्यूनीकरण तथा उद्धारमा सघाउन आग्रह गरिएको छ।
बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख गर्दै महासंघले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी किनार तथा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।
महासंघले विपद्को यस घडीमा सामूहिक सहयोग आवश्यक रहेको जनाउँदै प्रभावित क्षेत्रमा मानवीय सहायता र उद्धार कार्य प्रभावकारी बनाउन सबै पक्षलाई जुट्न अपिल गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।