काठमाण्डौ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका एक शिशु र एक विदेशीसहित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। बाढी प्रभावित विभिन्न स्थानमा उद्धारका लागि चारवटा हेलिकोप्टरसँगै स्थलमार्गबाट पनि सैनिक टोली परिचालन गरिएको छ।
सेनाका अनुसार जगत इलाकाबाट ६ जना र न्याक्फेदीबाट ९ जनाको उद्धार गरिएको छ। यस्तै, यारुबाट एक शिशु र एक विदेशीसहित ९ जना तथा पायुबाट १२ जनालाई उद्धार गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलगत दुवै माध्यमबाट खोजी र उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा थप खोजी तथा उद्धार जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।