चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढीले वृद्धि, अमेरिकी ट्यारिफको त्रास भने कायमै
काठमाण्डौ । चीनले पहिलो त्रैमासमा अपेक्षाभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको छ । बलियो उपभोग र औद्योगिक उत्पादनका कारण चीनले पहिलो त्रैमासमा ५.४ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । बुधबार प्रकाशित आँकडाअनुसार जनवरी–मार्च त्रैमासमा चीनको जीडीपी ५.४ प्रतिशतले बढेको देखिएको छ । जुन अघिल्लो अर्थात चौथो त्रैमासकै निरन्तरता हो । तर यो वृद्धिदर विश्लेषकहरुले प्रक्षेपण...