• आईतवार, भाद्र २९,२०८२ 06:32:55
Global IME Bank Limited

चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढीले वृद्धि, अमेरिकी ट्यारिफको त्रास भने कायमै

Hyundai Nepal
चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढीले वृद्धि, अमेरिकी ट्यारिफको त्रास भने कायमै

काठमाण्डौ । चीनले पहिलो त्रैमासमा अपेक्षाभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको छ । बलियो उपभोग र औद्योगिक उत्पादनका कारण चीनले पहिलो त्रैमासमा ५.४ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ ।  

बुधबार प्रकाशित आँकडाअनुसार जनवरी–मार्च त्रैमासमा चीनको जीडीपी ५.४ प्रतिशतले बढेको देखिएको छ । जुन अघिल्लो अर्थात चौथो त्रैमासकै निरन्तरता हो । तर यो वृद्धिदर विश्लेषकहरुले प्रक्षेपण गरेको ५.१ प्रतिशतभन्दा भने बढी हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपी अमेरिकाले चीनमाथि लगाएको भारी ट्यारिफका कारण भने यो वृद्धि टिकाउ नहुने आशंका व्यक्त गरिएको छ । अमेरिकी ट्यारिफको प्रभावबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई जोगाउन र ठूलो मात्रामा रोजगारी गुमाउनबाट जोगिन चीनको नेतृत्व लागि परेको छ ।  

चीन सरकारको आर्थिक पुनरुत्थान कार्यक्रमले देशको उपभोग र लगानीलाई बढावा मिलेको इकोनोमिक इन्टीलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री छु टियाछेनले बताए । उनले ५.४ प्रतिशतको वृद्धिलाई राम्रो सुरुवात भएको बताएका छन् ।  

यो आँकडाले बैंकहरुको कर्जा प्रवाह बढेको र औद्योगिक उत्पादनमा पनि सुधार आएकाले आर्थिक पुनरुत्थानतर्फ अग्रसर भईरहेको संकेत गरेको जनाइएको छ । तर बढ्दो बेरोजगारी र आर्थिक मन्दीको दबाबका कारण कमजोर मागको सम्भावना पनि बढाएको छ ।  

विश्लेषकहरुले ट्रम्पको ट्यारिफबाट बच्न कम्पनीहरुले तीव्र रुपमा ढुवानी बढाएकाले मार्च महिनामा चीनको निर्यातमा वृद्धि देखिएको बताएका छन् । ट्रम्पको ट्यारिफ कार्यान्वयनमा आएसँगै यसमा क्रमिक कमी आउने उनीहरुले बताएका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.