भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय
काठमाण्डौ । लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।