काठमाण्डौ । लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।
भट्टराईलाई गत जेठ २४ मा दोषी ठहर गरिएको थियो । उनीविरुद्ध ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा गत चैत २५ गते अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।