८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१० प्रतिशत र निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले घटेको छ ।...

