नेप्सेको अबको यात्रा कता ? २६०० को ‘परीक्षा’ पास भए सुधार, नत्र पुनः २५२० तिर दबाब
काठमाण्डौ । पछिल्लो दैनिक चार्टले नेप्से परिसूचक निर्णायक मोडमा पुगेको देखाएको छ। करिब २९६० अंकको उच्च विन्दुबाट सुरु भएको घट्दो यात्रापछि नेप्सेले २५२० आसपासबाट पुनरागमनको प्रयास गरेको छ। तर, यसलाई स्पष्ट नयाँ बुलिस यात्रा भन्न सकिने अवस्था अझै बनिसकेको छैन।पछिल्लो कारोबारमा नेप्से ११.९४ अंक अर्थात् ०.४६ प्रतिशतले बढेर २६२४.३६ विन्दुमा बन्द भएको छ। परिसूचक २६१६.१२ मा...

