बिहीबार, श्रावण ७,२०८३ 08:12:34
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:12:34
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको अपरब्याण्डमा बन्यो ‘शुटिङ स्टार’, अब बजार के होला ?

बोलिङ्गरको अपरब्याण्डमा बन्यो ‘शुटिङ  स्टार’, अब बजार के होला ?
New Office

काठमाण्डौ । नेप्सेले हाल २८१५ को विन्दुमा पाँच कारोबार दिनदेखि प्रतिरोधको सामना गरिरहेको छ ।  

बजार बढेता पनि अघिल्लो साताको अन्तिम कारोबारबाट बजार केही धरमाराएको देखिन्छ । तर बजारमा कारोबार रकम भने मजबुुत नै रहेको छ ।  

यो साताको चार कारोबार दिनमा बजार २८१५ को विन्दुभन्दा माथि जान सकेन ।  आज बजारले बोलिङ्गर ब्याण्डको अपरब्याण्डमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनाएको छ । यसअघि बजारले बियरिस इन्गल्फिङ क्याण्डल बनाएको थियो । 

आज २७६६ मा बन्द भएको बजार यदि आगामी कारोबारमा २८१५ भन्दा माथि भोलुमसहित टिक्यो भने आज बनेको शुटिङ स्टार  र यसअघि बनेको बियरिस इन्गल्फिङ क्याण्डल इनभ्यालिड हुनेछ ।

तर बजार यदि २६४० भन्दा तल जान्छ भने बजारमा केही समय करेक्सन पनि आउनसक्छ । म्याक्डीमा पनि एमएसीडी लाइन र सिग्नल लाइन नजिक नजिक भएका छन् । तर बियरिस क्रसओभर भने भइसकेको छैन ।  

डाउ थेउरीमार्फत बजारलाई नियाल्दा आज नेप्सेले २८०६ मा लोअर हाइ बनाएको देखिन्छ । तर बजारले नयाँ लोअर लो भने बनाएको छैन । यसकारण हालको बजारमा २८१० देखि २६५० सम्म साइडवेज चलेको देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कुनै कारोबारका लागि सिफारिस भने होइन ।)

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.