तिहारमा ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
काठमाण्डौ । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। यसबाट करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा सबैभन्दा बढी सयपत्रीका ४५ लाख माला खपत हुने अनुमान छ। त्यस्तै, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला आवश्यक पर्ने आकलन गरिएको छ।एसोसिएसनका...

