मंगलवार, कार्तिक १०,२०८३ 06:18:34
  • मंगलवार, कार्तिक १०,२०८३ 06:18:34
Global IME Bank Limited

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा

Bizshala
तिहारमा ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
New Office

 

काठमाण्डौ । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। यसबाट करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा सबैभन्दा बढी सयपत्रीका ४५ लाख माला खपत हुने अनुमान छ। त्यस्तै, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला आवश्यक पर्ने आकलन गरिएको छ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारको माग धान्न यसपटक स्वदेशी उत्पादनले महत्वपूर्ण भूमिका खेल्नेछ। कुल मागमध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै आपूर्ति हुने अपेक्षा गरिएको छ।

मूल्यका हिसाबले सयपत्री फूलको ४५ लाख मालाबाट मात्रै करिब ४० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। यसको औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँ मानिएको छ।

त्यस्तै, मखमली फूलको ६ लाख मालाबाट २ करोड ७० लाख रुपैयाँ, गोदावरी फूलका २० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँ र मिक्स फूलका ६० हजार मालाबाट पनि करिब २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जावलाखेलमा गोदावरी फूल प्रदर्शनी

यसैबीच फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा ७८ वटा व्यावसायिक कक्ष रहनेछन् भने करिब ४५० प्रजातिका फूल तथा बिरुवा राखिनेछन्।

आयोजकका अनुसार पाँच दिन चल्ने प्रदर्शनी करिब ३९ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

तिहारसँगै फूलको माग उच्च हुने भएकाले यो अवधि नेपाली पुष्प व्यवसायका लागि वर्षकै सबैभन्दा ठूलो व्यापारिक सिजनमध्ये एक मानिन्छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.