फोनपेले बोलायो सातौं वार्षिक साधारणसभा, नगद प्रवाह विवरणमाथि छलफल हुने
काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २२ गते बसेको बैठकको निर्णयअनुसार साधारणसभा आगामी कात्तिक १८ गते बुधबार काठमाडौंको नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजना हुने भएको हो।

