विश्व पर्यटन दिवसमा ‘फोर्ट स्टेज राइड’को तेस्रो संस्करणको तयारी, हरिहरपुरगढीमा अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव
काठमाण्डौ । ऐतिहासिक सम्पदा संरक्षण, साहसिक पर्यटन र स्थानीय अर्थतन्त्रलाई एकसाथ जोड्ने उद्देश्यसहित ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ।विश्व पर्यटन दिवसका अवसरमा अघि बढाइएको अभियानअन्तर्गत आगामी डिसेम्बर २०२६ मा साइकलिङ उत्सव आयोजना गर्ने तयारी भइरहेको छ। बागमती प्रदेशका विभिन्न ऐतिहासिक गढी तथा १५ स्थानीय तहलाई एउटै...

