जीवन बीमकहरुले आर्जन गरे झण्डै २ अर्ब रुपैयाँ नाफा, रिलायबल नेपाल लाइफको इपीएस सबैभन्दा धेरै
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ९२ करोड ३५लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको तुलनामा १८.८१ प्रतिशत बढी हो । गत आवको यहि अवधिसम्म जीवन बीमकहरुले १ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका थिए । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी...