बुधबार, आश्विन २८,२०८३ 10:54:33
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 10:54:33
Bizshala
Global IME Bank Limited

जीवन बीमकहरुले आर्जन गरे झण्डै २ अर्ब रुपैयाँ नाफा, रिलायबल नेपाल लाइफको इपीएस सबैभन्दा धेरै

Bizshala
जीवन बीमकहरुले आर्जन गरे झण्डै २ अर्ब रुपैयाँ नाफा, रिलायबल नेपाल लाइफको इपीएस सबैभन्दा धेरै
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ९२ करोड ३५लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको तुलनामा १८.८१ प्रतिशत बढी हो । गत आवको यहि अवधिसम्म जीवन बीमकहरुले १ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै बीमकहरुले गत आवको तुलनामा नाफा बढाएका छन् । असोज मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ । कम्पनीले २५ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक नाफा कमाउने इन्स्योरेन्स कम्पनी बनेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, नेपाल लाइफले २० करोड ५४ लाख, रिलायबल नेपाल लाइफले १९ करोड ९३ लाख, सन नेपाल लाइफले १६ करोड ६१ लाख, आइएमई लाइफले १४ करोड ५० लाख, नेशनल लाइफले १३ करोड ८३ लाख, एशियन लाइफले १३ करोड २९ लाख, सानिमा रिलायन्स लाइफले १३ करोड २३ लाख, सिटिजन लाइफले १३ करोड ९ लाख, प्रभु महालक्ष्मी लाइफले १२ करोड ६२ लाख, सुर्यज्योति लाइफले ११ करोड ५३ लाख, मेट लाइफले ९ करोड ६५ लाख, एलआइसी नेपालले ७ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २२ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

गत आवको तुलनामा यस अवधिसम्म सर्वाधिक नाफा बढाउनेमा भने सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले ८३।१६ प्रतिशतले नाफा बढाएको छ । गत आवको पहिलो त्रैमाससम्म ७ करोड १४ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस कम्पनीले चालु आवको सोही अवधिसम्म १३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, रिलायबल नेपालले ६६.९९ प्रतिशतले नाफा बढाउँदा एशियन लाइफले भने ४२.०७ प्रतिशतले नाफा बढाएको छ । यता एलआइसी नेपालले ३५.४५ प्रतिशत, नेपाल लाइफले ३०.०६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले २५.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफले २२.९१ प्रतिशत, आइएमई लाइफले ११.२२ प्रतिशत, नेशनल लाइफले ६.२४ प्रतिशत, हिमालयन लाइफले ५.१२ प्रतिशत, मेट लाइफले ४.२९ प्रतिशत, सुर्यज्योति लाइफले २.५१ प्रतिशत र सन नेपाल लाइफले ०.४९ प्रतिशतले नाफा बढाएको छ ।  

यता राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा भने गत आवको तुलनामा ९४ प्रतिशतले घट्न पुगेको छ ।  

इपीएस कुनको कति ?

१४ जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनी नेप्सेमा सूचीकृत छन् । धितोपत्र दोस्रो बजारमा लगानी गर्नेहरुका लागि कम्पनीको प्रतिसेयर आम्दानी ९इपीएस० सूचक महत्वपूर्ण मानिन्छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै इपीएस रिलायबल नेपाल लाइफको छ । कम्पनीको इपीएस १७.१९ रुपैयाँ छ । त्यस्तै, दोस्रो धेरै सन नेपाल लाइफको इपीएस १६.७८ रुपैयाँ रहेको छ ।  

त्यस्तै, एशियन लाइफको १५.६४ रुपैयाँ, सिटिजन लाइफको १३.३० रुपैयाँ, हिमालयन लाइफको १२.६६ रुपैयाँ, एलआइसी नेपालको ११.८८ रुपैयाँ, सानिमा रिलायन्स लाइफको १०.७४ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १०.६९ रुपैयाँ, नेशनल लाइफको १०.६६ रुपैयाँ, नेपाल लाइफको १०.०१ रुपैयाँ, सुर्यज्योति लाइफको ९.२० रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ५.०१ रुपैयाँ रहेको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.