एनसेलका ग्राहकले फुडमाण्डुबाट खानाका परिकार अर्डर गर्दा रु. १५० छुट पाउने
काठमाण्डौ । एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा रु. १५० को छुट पाउँछन् ।फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, रु. ९९ वा सोभन्दा बढी मुल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा...

