नेपालमा भित्रियो Redmi Watch 6 Series, २४ दिनसम्म टिक्ने ब्याट्रीदेखि AMOLED डिस्प्लेसम्म
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी ब्रान्ड शाओमीले नेपाली बजारमा नयाँ Redmi Watch 6 Series सार्वजनिक गरेको छ। कम्पनीले यो सिरिजअन्तर्गत Redmi Watch 6, Redmi Watch 6 Lite र Redmi Watch 6 Active गरी तीनवटा मोडल नेपालमा ल्याएको हो।नयाँ सिरिजमा आकर्षक डिजाइन, स्वास्थ्य अनुगमनका आधुनिक फिचर, स्पोर्ट्स ट्र्याकिङ तथा लामो समय टिक्ने ब्याट्रीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

