काठमाण्डौमा दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै
काठमाण्डौ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति प्रभावित बनेको अवस्थामा उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन्। उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लामा सिलिन्डर भरेर काठमाण्डौ पठाउन थालिएको छ।नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै...

