काठमाण्डौ । काठमाण्डौको कमलपोखरी क्षेत्रमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । उक्त क्षेत्रमा रहेको सानदार मःम पसलमा आज बिहान ठूलो आवाजका साथ ग्याँस सिलिण्डर विष्फोट भएको हो ।
घटनापश्चात सुरक्षाकर्मी र एम्बुलेन्स विष्फोट भएको स्थानमा पुगेका छन् । घटनामा सोही पसलमा काम गर्ने ११ जनाभन्दा बढी घाइते भएका छन् । घटनासम्बन्धि विस्तृत विवरण आउन बाँकी रहेको छ ।