होण्डाको दशैं योजना सार्वजनिक, नयाँ बाइक–स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका
काठमाण्डौ । बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप) ले ‘यो दशैं, आशाको सुरुवात’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ।योजनाअन्तर्गत होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउने कम्पनीले जनाएको...

