हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
काठमाण्डौ । हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । आगामी मार्च ३१ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । जुन एअरलाइन्सका लागि एउटा महत्वपूर्ण...