मंगलवार, श्रावण २६,२०८३ 10:50:55
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 10:50:55
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता

Prabhu Bank Limited
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको एयरबस ३१९ वायुयानबाट स्वदेश फर्किएका छन् ।

यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योग र व्यापारका प्रतिनिधिहरु संलग्न थिए ।

वायुयान आज बिहान ११ः०४ बजे (चीनको स्थानीय समय) बेजिङ क्यापिटल इन्टरनेशनल एअरपोर्टबाट प्रस्थान गरी नेपाली समयानुसार २ बजेर ४८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।  हिमालय एअरलाइन्सका अध्यक्ष झोएन्योंगले प्रधानमन्त्री तथा प्रतिनिधि मण्डललाई वायुयानमा स्वागत गरेका थिए भने हिमालयए अरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले वायुयानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनपश्चात औपचारिक रूपमा स्वागत गरेका थिए ।  

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्सको राष्ट्र सेवाप्रतिको समर्पण र देशको यस्ता महत्वपूर्ण उडान सफलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमताको पुष्टि गरेको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X