बुधबार, असार १०,२०८३ 09:51:05
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:51:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालय एअरलाइन्सद्वारा ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु

Laxmi Sunrise Bank Limited
हिमालय एअरलाइन्सद्वारा ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु

काठमाण्डौ । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ ।  ‘रुफ अफ द वल्र्ड’भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने कम्पनीले जनाएको छ ।  

नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पुर्याउन समर्पित, हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गर्न जारी राखेको उल्लेख गरेको छ । ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एअरलाइन्सको प्रतिबद्धतालाई जोड दिएको जनाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

हिमालय एअरलाइन्स्ले काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छ । ऐतिहासिक ल्हासा–पोखरा उडान (एच ७३१) ले ल्हासा गोङ्गर विमानस्थलबाट आज चीनको स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १४ः३९ बजे उडान भ¥यो र एक घण्टा चौतीस मिनेटको उडान समय पछि कुल १०७ यात्रुहरूसहित आजै नेपाली स्थानीय समयअनुसार १३ः५६मा पोखरा अवतरण ग¥यो ।  

यसै गरी, ऐतिहासिकपोखरा–ल्हासा उडान (एच९ ७३२) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा अवतरण गर्ने छ ।  

नयाँ ल्हासा–पोखरा–ल्हासा उडानले यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबीच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्दैछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । यसका साथै,संस्कृति, पर्यटन तथानागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, गण्डकी प्रदेशका उद्योग र पर्यटनमन्त्री मित्रलाल बस्याल,नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत चेन सोङ,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्रलालकर्ण लगायत अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्सका अध्यक्ष, झोउ एनयोङ, उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठ तथा हिमालय एअरलाइन्सका अधिकारीहरूले स्वागत गरेका थिए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले पनि कार्यक्रममा उपस्थिति जनाएका थिए ।  

ऐतिहासिकल्हासा–पोखरा उडानमा अटुट सहयोगको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरू, चिनियाँ दूतावास र सबै सरोकारवालाहरूलाई हार्दिक धन्यवाद दिँदै, हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ल्हासाबीचको पहिलो निर्धारित अन्तर्राष्ट्रिय उडान सुरु गर्न पाउँदा खुशी र गर्व व्यक्त गरे । ‘यो ऐतिहासिक उपलब्धि हिमालय एअरलाइन्स र नेपालको उड्डयन उद्योगका लागि एक ठुलो सफलता हो, जसले पोखरालाई प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवद्र्धन गर्दछ । यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नया ँअवसरहरू सिर्जना गर्ने महत्वपूर्ण पहलपनिहो । सुरक्षित र प्रभावकारी हवाई सेवाप्रति प्रतिबद्ध रहँदै हिमालय एअरलाइन्स् यस उडानको दीर्घकालीन सफलताका लागि निरन्तर सहयोगको अपिलगर्दछ । संयुक्त प्रयासमार्फत् नै हामी अझ धेरै ऐतिहासिक उपलब्धिहरू हासिल गर्न सक्छौ।’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.