शुक्रबार, बैशाख ४,२०८३ 11:34:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:34:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

Bizshala
हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
Shivam Cement

काठमाण्डौ । हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । आगामी मार्च ३१ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । जुन एअरलाइन्सका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीको विश्वास छ ।  

कम्पनीले काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने योजना बनाएको छ । प्रारम्भिक योजनाअनुसार काठमाण्डौ–ल्हासा उडान(एच९७७४) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा बिहान ८ः३० बजे उडान भर्ने र सोहीदिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरी, ल्हासा–पोखरा उडान (एच९७३१) ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा १३ः१५ बजे उडान भर्ने र सोहीदिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्नेछ ।  

यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (एच९ ७३२) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी अप्रिल १ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासागोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–काठमाण्डौ उडान(एच९७७५) ले ल्हासागोङ्गर विमानस्थलबाट अप्रिल १, २०२५, मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोहीदिन नेपालीस्थानीय समयअनुसार १२ः०५ मा काठमाण्डौ अवतरण गर्नेछ ।  

CG Motors
Garima Development Bank
IME remit

हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गर्दै भने ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्सले सधैं चीनमा नयाँ–नयाँ गन्तव्यहरू खोज्दै आएको छ र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीनदुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.