बुधबार, असार १०,२०८३ 09:53:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:53:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकाहरूलाई वर्षभरिका लागि आवश्यक शैक्षिक सामग्री प्रदान

Laxmi Sunrise Bank Limited
हिमालय  एअरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकाहरूलाई वर्षभरिका लागि आवश्यक शैक्षिक सामग्री प्रदान

काठमाण्डौ । सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्सले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व पहल, “Step Towards Education” मार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यसअन्तर्गत हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागि आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ ।

हिमालय एअरलाइन्सले १७ अप्रिल २०२५ मा विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर,जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । बालबालिकाहरूको समग्र स्वास्थ्यको महत्वलाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूको लागि तन्नाहरू र तौलियाहरू समेत प्रदान गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

हस्तान्तरण कार्यक्रमको अवसरमा हिमालय एअरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘विगत आठ वर्षदेखि ““Step Towards Education” हलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु । हरेक वर्ष बालबालिकाहरूलाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको छ । धेरैजसो समाजमा समाहित भइसकेका छन् र स्वतन्त्र रुपमा जीवनयापन गरिरहेका छन् । यस्तो परिवर्तनको साक्षी हुनु साँच्चिकै हृदयस्पर्शी अनुभव हो, हामीले सँगै चालेका हरेक कदमको उद्देश्य र मूल्यलाई यसले अझ पुष्टि गर्दछ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रयास नेपालकी अध्यक्ष मणि जोशीले निरन्तर सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै भनिन्, ‘प्रयास नेपालको लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एअरलाइन्स्प्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ,यसले बालबालिकाको जीवनमा प्रोत्साहन रआशामा निरन्तरता ल्याउँछ। हिमालय एअरलाइन्सलाई १० वर्षको यात्रापूरा गरेकोमा बधाई छ र हामी आगामी वर्षहरूमा एअरलाइन्स्को निरन्तर सफलताको कामना गर्दछौँ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.