हिमालयन रिको सहायक कम्पनी हिमालयन मर्चेन्टले पायो लाइसेन्स
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स प्रदान गरेको छ । सेबोनका कार्यवाहक अध्यक्षको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्टलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।