अविरल वर्षाका कारण देशभरका विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द
काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका विभिन्न जलविद्युत आयोजना प्रभावित बनेका छन् । बाढी पहिरोका कारण लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । यसका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । ४५६ मेगावाट माथिल्लो तामाकोशी...