किन लगातार कमजोर बन्दैछ भारतीय रुपैयाँ ? अर्थतन्त्रमा पर्ला कस्तो गम्भिर प्रभाव ?
काठमाण्डौ । कुनै पनि देशको मुद्राको मजबुती वा कमजोरीले त्यहाँको अर्थतन्त्रको स्वास्थ्य कस्तो छ भन्ने देखाउँछ। सामान्यतया जुन देशको अर्थतन्त्र तीव्र गतिमा बढिरहेको हुन्छ, त्यस देशको मुद्रा बलियो हुन्छ।छिमेकी देश भारतको अर्थतन्त्र अहिले पनि राम्रो दरले बढिरहेको छ, तर त्यसका बाबजुद २०१८ देखि प्रत्येक वर्ष भारतीय रुपैयाँ कमजोर हुँदै आएको छ।२०१३ मा जब नरेन्द्र मोदीलाई...

